Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्वाहीमा परेका सवारी चालकको सवारी अनुमतिपत्र लाइसेन्स ट्राफिक कार्यालयमा थन्कियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , 

चितवन , ६ असोज । सामान्यतः कुनै पनि सवारीसाधन चलाउदा सवारी चालकसित अनिवार्य रूपमा नभइ नहुने चिज हो सवारी चालक अनुमतीपत्र अर्थात् लाइसेन्स । प्रचलित कानुन अनुसार चालकहरुसित अनुमति पत्र नभएमा कुनै पनि सवारीसाधन चलाउन नै पाउँदैनन् ।

तर, चितवनको जिल्ला ट्राफिक कार्यालयमा भने झन्डै ५(७ वर्षयता कयौं अनुमति पत्र, सवारी दर्ता किताब र सडक इजाजत aपत्र त्यत्तिकै थन्किएर बसेको छ ।

कारबाहीमा परेका चालकहरु कार्वाही पश्चात् इजाजतपत्र लिन नआउँदा त्यत्तिकै थन्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दिएको तथ्यांकलाई पल्ट्याउने हो भने त्यहाँ ६९१ वटा सवारी चालक अनुमतीपत्र, ६४० वटा सवारी दर्ता किताब र १६५ वटा सडक इजाजतपत्र थन्किएका छन् ।

आर्थिक वर्ष २०७४र०७५ मा मात्रै कारबाहीमा परेका मध्ये ९१ वटा सवारी चालक अनुमतीपत्र, ९० वटा सवारी दर्ता किताब र २५ वटा सडक इजाजतपत्र कार्यालयमै थन्किएको कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार नियम उल्लंंघन गर्नेलाई प्रहरीले कारबाही गरेको भए पनि यातायात व्यवस्था विभागमा हराएको भनी निवेदन दिएपछि बनाइदिने हुँदा प्रहरीमा भएको कागजात लिनै नआएको उनको भनाइ छ । ‘

यातायात व्यवस्था विभागले कस्तो व्यक्तिलाई अनुमति पत्र दिने र कसरी हराएको हो भन्ने विषयमा गहन अध्ययन नगरीकनै कागजपत्र उपलब्ध गराइदिने हुँदा उतैबाट कागजपत्र हात पारिसकेका हुँदा रहेछन्’, उनले भने ।

कतिपयको भने तोकिएको मिति सकिएको हुँदा लिनै नआई हराएको भनेर अर्को बनाउने कारणले पनि यति धेरै कागजपत्र थुप्रिएको हुन सक्छ ।

’ यातायात व्यवस्था कार्यालयले हराएका भनी निवेदन परेका सवारी धनीलाई प्रतिलिपि दिनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरे कसैको कागजपत्र प्रहरीमा नरहने उनको भनाइ छ ।’

यातायात व्यवस्था ऐनको दफामा के छ ?
यता, यातायात व्यवस्था ऐन अन्तर्गत दफा १६४ को उपदफा ५ र ६ बमोजिम यसरी कारबाहीमा परेका सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब र सडक इजाजतपत्र लिन नआए एक महिनाका लागि यातायात व्यवस्था कार्यालयले निलम्बन गर्न सक्ने प्रावधान छ । उक्त समयभित्र पनि लिन नआएमा स्वतः खारेज गर्न सकिने प्रावधान रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan