Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलम्चीको ३ सय ४० बोरा सिमेन्ट बाटोमै चिरिप्प पारेपछि मन्त्रालयमा खैलाबैला (विज्ञप्ती सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएपछि  खानेपानी मन्त्रालयमा खैलाबैला मच्चिइएको छ  । उक्त घटनाको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गराउछ मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो ।

यस घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न मन्त्रालयबाट सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन भएको व्यवहोरा सबैमा सूचित गरिएको छ ।  मन्त्री विना मगरकी स्वकीय अधिकृत विजयदेव भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan