Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan

संयुक्त राष्ट्रसंघ, ६ असोज (रासस÷सिन्ह्वा) : “संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भन्नुभयो ।

पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उहाँको सम्झना गरिएको हो ।
घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोबेल पुरस्कार समेत पाउनु भएको थियो ।
“उहाँ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो, हामीले उहाँलाई चाडै गुमायौँ, त्यसको अभाव महशुस गरिरहका छौँ, तै पनि हामी उहाँबाट धेरै प्रभावित छौँ,” गुटेर्रेसले भन्नुभयो ।
उहाँले सम्झदै भन्नुभयो, “कोफी अन्नानले पछिल्लो कुराकानीमा राष्ट्रसंघलाई मानवीयतातर्फ केन्द्रित गर्न आग्रह गर्नुभएको थियो, उहाँलाई विश्वभरका मानवको मानवअधिकार, आत्मसम्मान र न्यायका बारेमा चिन्ता थियो ।”
राष्ट्रसंघको ७३ औँ महासभामा बोल्नेहरु मध्ये अरुले पनि उहाँलाई असल र सफल महासचिवका रुपमा स्मरण र सम्मान गरेका थिए ।
अन्नान दुई कार्यकाल राष्ट्रसंघको महासचिव भइ विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan