Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विस्फोटनमा परी आठ बालबालिका मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan

मैमाना, अफगानिस्तान, ६ असोज (रासस÷सिन्ह्वा ) : अफगानिस्तानको उत्तरी प्रान्त फार्यावमा भएको विस्फोटनमा परी आठ बालबालिका मारिएका छन् ।

घटनामा अन्य आठ जना पनि घाइते भएका स्थानीय प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रदेश राजधानी मैमानाबाट उत्तरतर्फ पर्ने शिरिन तागाब जिल्लाको कोह ए सायद गाउँमा शुक्रबार राती यो घटना भएको हो ।
घटनामा तालिबान लडाकू समूहको संलग्नता रहेको प्रहरीका प्रान्तीय प्रवक्ता अब्दुल कारिम उराशले सिन्ह्वालाई जानकारी दिनुभयो ।
घटनामा परेका बालबालिकाहरु छ देखि १२ बर्ष सम्मका रहेका पनि प्रवक्ता उराशले बताउनुभयो ।
अफ्गानिस्तानमा रहेको राष्ट्रसंघीय मिसनका अनुसार यस बर्षको पहिलो छ महिनामा अफगानिस्तानमा जारी विभिन्न हिंसा र हत्यामा परी १६ सय ९० आम नागरिकको मृत्यु भएको छ भने, अरु ३४ सय ३० जना बेपत्ता भएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan