Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झिना मसिना कार्यक्रममा हुल बाँधेर प्रधानमन्त्री सहभागि हुनु उचित होइन : लोहोनी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली हिजो अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका गएका छन् । ओलीको अमेरिका यात्रालाई लिएर विभिन्न दलका नेताहरुले प्रश्न उठाएका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले नेपालका कर्मचारीदेखि प्रधानमन्त्रीसम्म विदेश भ्रमण भनेपछि हुरुक्कै हुने गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले प्रधानमन्त्री ओलीले आफू नगएर अरुलाई वा परराष्ट्रमन्त्री पठाएको भए राम्रो हुने बताए ।

नेपालका नेतादेखि कर्मचारी सबै मौका पाउनासाथ विदेश भ्रमणमा जाने र मोजबस्ती गर्ने प्रवृत्ति बढेको लोहोनीको तर्क छ । तर ओलीको भ्रमणबारे औपचारिक रुपमा जनतालाई पनि जानकारी गराउनुपर्ने उनको धारणा छ ।

“सानो देश, गरिब देश, झण्डै २ हप्ताको विदेश भ्रमण । कोस्टारिकामा पनि जाँने रे । कोस्टारिका जानुको कुनै औचित्य देखेको छैन ।” लोहोनीले भने ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जानेसम्म स्वभाविक नै भए पनि अन्य विभन्न झिना मसिना कार्यक्रममा हुल बाँधेर सहभागि हुनु उचित नभएको लोहोनीले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan