Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजेन्द्र क्षत्रीको सम्पत्तिले खैलाबैला ! नेपाली सेनामा कमाई हुने विभागहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । नेपाली सेनाका लागि राज्यले आर्थिक वर्ष २०७४÷७५ मा ४४ अर्ब ८६ करोड बढी बजेट विनियोजन गरेको थियो ।

नेपाली सेनाको इतिहासमै यो बजेट बढी भएको जानकारहरुले बताएका छन् । जंगी अड्डाको भीमकाय बजेट परिचालन गर्ने अधिकार प्रधानसेनापतिलाई हुन्छ ।

नेपाली सेनाभित्र सिपाहीदेखि प्रमुखसम्मको मासिक तलब, भत्ता, राशन, बुटलगायतमा विनियोजित बजेट खर्च हुने बताइएको छ । जंगी अड्डाको भीमकाय बजेटमाथि चलखेल हुन थालेपछि रक्षा मन्त्रालयलाई समस्या उत्पन्न भएको समाचार स्रोतले बताएको छ ।

बर्दीको आडमा नेपाली सेनाको दोहन हुन थालेपछि सिपाहीदेखि पृतना, बाहिनी, गण, गुल्म र तालिमकेन्द्र चनाखो बन्न थालेको समाचार स्रोतले उल्लेख गरेको छ । यतिबेला पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीका सम्पत्तिबारे चर्चा मात्र चलेन खैलाबैलानै मच्चियो ।

नेपाली सेनाभित्र कमाई हुने विभागहरुमध्ये आर्थिक प्रशासन विभाग मानिन्छ । यही विभागमार्फत् सेनालाई सम्पूर्ण बजेट पठाइने स्रोतले बताएको छ ।

त्यसैगरी, दोस्रोमा सम्भार रथि विभाग यसले सेनालाई आवश्यक पर्ने हवाई साधन, हातहतियारलगायतका महँगा साधन खरिद गर्छ ।

बुट, जुत्ता, झोला, कम्बल तेस्रो प्रबन्ध रथि विभागमा पर्दछन जसले दैनिक रसद–पानी, दाल, चामल, माछा, मासु, मट्टितेल आदि ठेक्कामा लगाउँछ । चौथो हो इन्जिनियरिङ विभाग अहिले फास्टट्र्याक यही विभागले हेर्दछ र त्यसबाहेक हेडक्वाटर, शशि भवन र सिंहदरबारलगायतको पुनर्निर्माण गर्दछ ,नयाँ विमर्शमा उल्लेख छ।

त्यसैगरी, पाँचौँ विकास निर्माण निर्देशनालय, छैठौँमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालय सातौँमा शान्तिसेना सञ्चालन निर्देशनालय र आठौँमा सैनिक कल्याणकारी कोष रहेका छन् । यिनीहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित काम गर्ने बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan