Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गौतमलाई कहिँ न कहिँबाट उठाउनुपर्छ भन्ने सुनेको छु : ज्ञवाली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले बामदेव गौतमलाई चुनाव लडाउने विषय सचिवालय बैठकमा छलफल भएको खुलासा गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले स्थायी समिति बैठकमा भने अहिलेसम्म कुरा नभएको स्पष्ट पारे ।

“स्थायी कमिटिमा पनि छलफल भएको छैन । मसँग पनि अहिलेसम्म कसैले पनि कुरा गरेको छैन । तर कहिँ न कहिँबाट उठाउनुपर्छ भन्ने सुनेको छु ।” ज्ञवालीले भने ।

पार्टीभित्रबाट गौतमलाई सांसद बनाउनुपर्छ भन्ने धारणा आएको खण्डमा आफूले पनि समर्थन गर्ने ज्ञवालीले जानकारी दिएका छन् । तर औपचारिक छलफल नगरी निर्णय गर्न नहुने उनको तर्क छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan