Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निकम्मा सरकार ! गृहमन्त्री थापाले राजिनामा दिनुपर्छ : खड्का

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ११ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । यतिबेला नेपाली कांग्रेसको विधान परिमार्जन प्रक्रिया चलिरहेको छ । कांग्रेसभित्र सभापतिलाई थप अधिकार दिने कि नदिने भन्नेमा एकमत हुन सकेको छैन ।

नेपाली कांग्रेसका नेता दिपक खड्काले पार्टी सभापतिको अधिकार बढाउन आवश्यक नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सुमनले व्यक्तिलाई शक्तिशाली बनाउने भन्दा पनि विधानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नेताहरुले भनेको भरमा नभै कार्यकर्ताका चाहनाअनुसार विधान परिवर्तन गर्नुपर्नेमा खड्काले जोड दिए । विधान संशोधनका लागि कार्यकर्तासँग सुझाब संकलन कार्य भइरहेको जानकारी दिदै खड्काले कार्यकर्ताकै सुझाबका आधारमा विधान परिवर्तन गर्नुपर्ने बताए ।

यसअघि तोकिएको महासमिति बैठक मंसिरमा नै हुने खड्काको विश्वास छ ।

फरक प्रसंगमा खड्काले अहिले देशमा सरकार नै नभएको जिकिर गरे । आक्रोषित हुँदै खड्काले भने, “सरकार छ र ? कि माफियाहरुले चलाएको छ सरकार ? सरकार छ भन्नलाई लाज हुनुपर्छ ।”

हत्या हिंसा बलात्कार, भ्रष्टाचार, महङ्गी जस्ता विकृति दिनदिनै बढिरहेको भन्दै उनले जनताले अपेक्षा गरेको सरकार नभएको आरोप लगाए ।

“दुई तिहाइको सरकार व्यक्तिगत पालनपोषणमा लागेको छ । जनताको समस्या समाधान गर्न नसकेर निरिह देखिएको छ । यति निकम्मा सरकार त अहिलेसम्म देखिएको थिएन ।” खड्काले भने ।

निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान असफल भएको भन्दै खड्काले गृहमन्त्री रामबहादुर थापाले राजिनामा दिनुपर्ने सुझाब दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan