Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जखेरा तालमा पर्यटकको घुइँचो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ११ बिहिबार | रासस
newsabhiyan

लमही, ११ असोज । लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिनुभयो ।

तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट अवलोकन गर्न यहाँ मानिसहरु आउने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

लमही नगरपालिका–३ को उक्त ताल दाङकै एक प्रसिद्ध पर्यटकीयस्थल हो । सात बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षत्रमा गणेश, त्रिसिद्धेश्वरी महादेव, कालिका र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ ।

तलाउमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा र चराचुरुङ्गीको आवाजले गर्दा यहा पुग्ने पर्यटकलाई थप लोभ्याउने गरेको छ । वन भोजका लागि उपयुक्त यहाँको तालमा माछापालन शुरु गरिएको छ । माछापालन आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो ।

पर्यटकको सङ्ख्या बढ्दै गर्दा ताल व्यवस्थापनको अभाव खट्किन तथा झारपातले तालको सौन्दर्य ढाक्न थालेको छ । एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सकिरहेको छैन ।

तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा विदेशी पर्यटक भित्र्याउन सकिने बताइएको छ । ताल संरक्षण गर्न रु २० लाख बजेट विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan