Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिजिटल बोर्डबाट पढाइ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १९ शुक्रबार | (रासस)
newsabhiyan

रुकुम, पश्चिम, १९ असोज : आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा तीन विद्यालयमा अध्यापन गराउनुका साथै डिजिटल हाजिरीको पनि व्यवस्था गरिएको नगरपालिकाको शिक्षा एकाइ संयोजक थलबीर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तकअनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्डमार्फत जानकारी गराइन्छ

हाल प्रत्येक कक्षामा पालोपालो डिजिटल बोर्डमार्फत पठनपाठन भइरहेको यो प्रक्रिया प्रभावकारी भए सबै कक्षा तथा अन्य विद्यालयमा पनि यसलाई विस्तार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिडिजिटल बोर्ड रु तीन लाख ६० हजारका दरले खरिद गरेको हो । डिजिटल बोर्ड जडान गरिएपछि पढाइमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । रमाइरमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हँुदै गएको सरस्वती मावि शिक्षक दलबहादुर बुढाले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan