Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालकै अगाडि प्रचण्डले पार्टी एकता उल्टाउने षड्यन्त्र भयो भने पछि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २० शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि बताए । 

शनिबार दशैं, तिहारको अवसरमा रौतहट–काठमाडौं सम्र्पक मञ्चले आयोजना गरेका शुभकामना आदानप्रदान र वनभोज कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए ।

गियर बदल्दै गाडीले गति दिए जसरी नै सरकारको काममा गति दिने उनको भनाई छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan