Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा, कुन–कुन मन्त्री बिदा हुँदै ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ असोज । प्रधानमन्त्री खड्गप्रसाद ओलीले एक वर्षको काम कारबाही हेरेर मन्त्रिपरिषद् हेरफेर गर्ने घोषणा ६ महिनाअघि गरेका थिए । तर, व्यापक दबाबका कारण एक वर्ष पर्खनै धैर्यता प्रधानमन्त्री ओवलीले नराख्ने भएका छन् ।

समाचार स्रोतका अनुसार दसैं अगाडि नै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले दसैंको मुखमा मन्त्री पद खुस्काउन उचित नहुने सल्लाह पाएपछि आगामी तिहारपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बचन नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बुझिएको छ ।

स्रोतका अनुसार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, गृहमन्त्री रामबहादुर थापा, श्रममन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बिदा गर्ने तयारी भएको बुझिएको छ । भावी गृहमन्त्रीका लागि जनार्दन शर्मा र वर्षमान पुनको लबिङ सुरु भइसकेको स्रोतले बतायो ।

यता, भारतका लागि नेपाली राजदूतको चर्चामा रहेका पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाममा प्रचण्डले असहमति जनाएपछि नियुक्ति रोकिएको थियो । अब अर्को व्यक्तिको खोजी सुरु भएको छ । प्रचण्डले २०७० को चुनावमा आफूलाई काठमाडौं क्षेत्र  नं. १० बाट हराउन भूमिका खेलेको आरोप उप्रेतीमाथि लगाएका छन् ।

बैठकले पनि दिएन समाधान
सत्तारुढ दल नेकपाभित्र यतिबेला भुसको आगोझैं विवाद बढ्दै गएको छ । पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले सरकार सञ्चालनको नेतृत्व गरे पनि दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गेयर परिवर्तन हुने बताएपछि पार्टीभित्र एक प्रकारको तरंग नै पैदा भएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकताको घोषणासहित गठबन्धन भएको एक वर्ष र एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको पाँच महिना पुग्दा नपुग्दै नेकपाभित्र लिएर सार्वजनिक रुपमै विवाद छताछुल्ल भएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको कार्यशैली एकलौटी भएको भनेर सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरेपछि हिजो आइतबार ४ बजेका लागि बैठक बोलाइएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले असोज ११ गते संसद्मा मुलुक ठिकठाक ढंगले नचलेको भन्दै सरकारका काम कारबाहीविरुद्ध खुलेर आलोचना गरेका थिए । उनी देहबाहिर रहेको अवस्थामा प्रदेश कमिटीमा रहने २८ जनालई जिम्मेवारी दिइएको थियो ।

नेता नेपालले अप्रिका भ्रमणमा निस्कनु पूर्व अध्यक्षद्वयलाई भेटेर प्रधानमन्त्री एवं अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि प्रदेश नेतृत्वमा कुन कुन नेतालाई जिम्मेवारी दिने भन्ने कुरा टुंग्याउने सल्लाह भएको बताउँदै आएका थिए ।

सामाजिक सञ्जालमा घोचपेच
वरिष्ट नेता माधव कुमार नेपालका अभिव्यक्ति खुला रुपमै सार्वजनिक भए । त्यसपछि नेता नेपाल र प्रधानमन्त्री ओली पक्षबीच सामाजिक सञ्जालमा छेडखानी सुरु भएको हो,  तरुणमा उल्लेख छ ।

नेकपाले अबको डेढ वर्षभित्र एकता महाधिवेशन गर्ने बताएको छ । अहिलेको नेतृत्व कसरी सहमति र सहकार्यमा अगाडि बढ्छ भन्ने नेकपाका नेता कार्यकर्तामा चासो रहेको पाइन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan