Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैंकोे पूर्वसन्ध्यामा किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जलेकिंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो ।

लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबारसाँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती आयोजन ागर्न लागिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ ।

बुधबार लाउन्जमा नियमीत खानाका परिकासंगै सालमोन र ट्याङग्री कवाव स्पेशल मेनु राखिएको छ । लाउन्जका सेफ तिलबहादुर मगरका अनुसार ट्याङग्री कबाव इण्डियन परिकार हो भने सालमोन कन्टिनेन्टल परिकार हो ।
चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ ।

जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ ।


बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan