Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रायमाझीको नयाँ सांगितिक कोसेली “फर्क दाई फर्क” सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । बरिष्ठ लोक सर्जक दुर्गा रायमाझीको नयाँ सृजना “फर्क दाई फर्क” आज सार्वजनिक भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले गित सार्वजनिक गर्नुभएको हो । गित सार्वजनिक भएसँगै युटुवमा पनि हेर्न सकिने भएको छ ।

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गितमा विदेश रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ ।
उहाँले गित मार्फत् विदेशमा रहेकाहरु फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरुको ध्यानाकर्षण गराउनु भएको छ ।
विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गितमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरुले गरेको आशय व्यक्त गरिएको छ ।

गितको शब्द यस्तो छ,

नेपालवाट मगाई मगाई गुन्द्रुक ढिडो खान्छौ
गुन्द्रुक ढिडै खाने भए किन जापान जान्छौ
फर्कदाई फर्क, फर्कभाई फर्क
हाम्रै नेपाल जापान हुन्छ दुईचार वर्ष पर्ख

दशै, तिहार आउदा खेरी घरसम्झेर रुन्छौ
वरवर आशु झारी झारी के परदेशि हुन्छौ
फर्कदाई फर्क, फर्कभाई फर्क
हङकग जस्तै यहि देश हुन्छ दुईचार वर्ष पर्ख
अमेरीकागै हुन्छौ होला करोड कमाउने
करोडलेनी हैन रैछ यो मन रमाउने
फर्कदाई फर्क, फर्कभाई फर्क
अमेरिका जस्तै यहि देश हुन्छ दुईचार वर्ष पर्ख
आफ्नो जन्मभुमि आफै गरेपछि हेला
हाम्रो नेपाल को आयर राम्रो वनाईदेला,                                                
फर्क दाइ फर्क .......
राम्रो नम्वर ल्याउने जति कन्सल्टेन्सी धाउने
यो चालले हाम्रो नेपाल कैले उभो लाउने
फर्क दाइ फर्क .......
यूवाहरु विदेशिय देश वनाउने कोत
देश विग्रेको गतिलाले देश छोडेरपोत
फर्क दाइ फर्क ......
हवाईजहाज उड्दा पनि हेर्छन आकाश तिर
बुढा भाका वाउ आमालाई छोरछोरीकै पिर
फर्क दाइ फर्क .......
दुख पर्दा विदेशवाटै पठाउला धन
त्यो धनलेनि निको हुन्न वाउआमाको मन
फर्क दाइ फर्क ......
वाह्र घण्टा घोटिन्छौ रे दक्षिण कोरियामा
त्यति गरे केके फल्थ्यो हाम्रै खोरियामा
फर्क दाइ फर्क .......
सुनकै थालमा खाय पनि भातै खाने तहो
मरिजादा आखिरिमा नाङ्गै जानेत हो ।
फर्क दाइ फर्क ......
यहि छ जमिन सुन फल्ने यहि छ हराभरा
मुग्लानमा कस्ले भन्छ तिम्लाई कठै वरा
फर्क दाइ फर्क ......
युवाहरु विदेशतिर पाईला मोड्न हुन्न
गरिव भानि जन्मभुमि आमा छोड्न हुन्न
फर्क दाइ फर्क .....
पुराना थुप्रै गितका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गित सार्वजनिक गर्नु भएको हो । बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ साननानी, भैसी पालेर जस्ता गितका सर्जक रायमाझी गित संगित क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका रायमाझी गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत हुनुहुन्छ । 
बरिष्ठ सर्जक रायमाझीको गित विमोचन गर्दै श्रम मन्त्री बिष्टले सरकार र मन्त्रालयको भावना गितले प्रकट गरेको बताउनु भयो । सरकार र नेताहरुले गरेको आह्वानलाई जनताले सजिलै नपत्याउने गरेकाले कलाकारहरुले आह्वान प्रभावकारी हुने र हजारौ युवाहरु स्वदेश फर्किन प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रवक्ता तथा गितकार विश्वप्रकाश शर्माले गितले विदेशीएका चालिस लाख नेपालीलाई आफ्नै घरमा बोलाएको बताउनु भयो । उहाँले यो गित एक दुई महिनाका लागि मात्रै नभएर यस दशक भरीकै गित भएको धारणा राख्नुभयो ।
भिजन लुम्बीनीको संयोजनमा भएको विमोचन कार्यक्रममा भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल, सर्जक रायमाझी, एनआरएनका सहकोषाध्यक्ष सोमप्रसाद सापकोटा, पत्रकार ऋषी धमलालगायतल यो गितले नेपाल र नेपालीको अहिलेको भावना र आवश्यकता बोलेको बताउनु भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan