Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनकल्याण बहुदेश्यीय संहकारीको १३ औ साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

मनोज साह, जितपुर बारा, २४ असोज । जनकल्याण बहुदेश्यीय संहकारी संस्था लिमिटेडको १३ औ साधारण सभा सम्पन्न  भएको छ । संहकारीका अध्यक्ष गोपाल सिंह कडेलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरीको उपस्थिीतमा संहकारीका प्रबन्धक संतोष प्रसाद यादवले संस्थाको हालसम्मको प्रगति विवरण तथा आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका ५० जना बचत कर्तालाई भेष्ट बितरण, उपमहानगर भित्रका ५ ओटा समुदायिक बिधालयबाट एस . ई. इ.उत्कृष्ट गर्ने छात्र छात्राहरुलाई नगद तथा प्रमाण पत्र बितरण, न्युज अभियान डट कम बारा सम्बाददाता मनोज साह र साझेदारी दैनिकका पत्रकार रन्जन यादव लगायतलाई जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर तथा  कार्यक्रमका प्रमुख अतिथि सरस्वती देबी चौधरीले सम्मान गर्नु भएको थियो ।

संहकारी संस्थाले देनिक रुपाममा बचत गर्ने बानी बसालेको र बिश्वशनिय संहकारीले जनतालाई संगठित पार्ने कार्य गरेको प्रमुख अतिथि चौधरीले भन्नु भयो ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, संहकारी बैक सिमराका प्रमुख गोबिन्द ओझ, जितपुर गाबिस निर्बतमान अध्यक्ष देवनारायण चौधरी , जितपुर गाबिस पुर्व अध्यक्ष चिरन्जीबी पौडेल , सगरमाथा महिला संहकारी संस्थाका अध्यक्ष शिता उप्रेती,  समाजसेवी अफातब आलम  लगायतकाअतिथिहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रमको सहजीकरण  संस्थाका  सह प्रबन्धक आत्मराम अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा  स्वगता संस्थाका उपध्यक्ष गणेस प्रसाद गुप्ताले गर्नु भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan