Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ ।

दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो ।

सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ ।

शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan