Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'सर्वो पानी तान्ने मेशिनले दियो ग्राहकलाई सास्ती'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । 'सर्वो भनेकै पानी तान्ने मेशिन' भनेर विज्ञापन गर्दै आएको सर्बो टेक्नोलोजीस् प्रालि.ले आफ्ना ग्राहकहरुलाई सास्ती दिएको छ ।

आफ्ना ग्राहकहरुलाई पानी तान्ने मेसिन नै बिग्रेको जडान गरिदिएपछि सास्ती खेप्नु परेको हो ।

सर्वो मेशिन बिक्री गर्दा दिएका ब्रोसर र सम्पर्क नम्बर कुनै पनि नलाग्ने अवस्थामा भएकाले सेवाग्राहीले झनै दुःख पाइरहेका छन् ।

नयाँ पानी तान्ने मेशिन भनेर किने तर पानी नियमित नताने पछि निकै सकस भयो काठमाडौं स्थित नैकाप निवासी योजना भण्डारीले न्यूज अभियानसँग गुनासो गरिन् । उनले सर्वो पानी तान्ने मेशिन किनेको तीन महिना पनि पुगेको छैन । 

भण्डारीले मेशिन जडान गरेको पहिलो दिननै उक्त मेशिनले पानी नताने पछि तिन दिन लगाएर प्राविधिक बोलाएर बनाउनु परेको थियो ।

पानी तान्ने मेशिनको प्राविधिक पक्ष निकै कमजोर भएकाले पछिल्लो समय मेशिनले असाध्यै दुःख दिने गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan