Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हरितारा चलचित्र पुरस्कार घोषणा, लय संग्रौला र रेखा थापालाई प्रदान गरिने

दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम र बिजयरत्नलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

रामकाजी घिमिरे, शिवविक र शोभिता सिम्खडालाई परिवर्तन सम्मान

काठमाडौं, २४ असोज । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जवराको अध्यक्षतामा बसेको बैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता÷निर्देशक रेखा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

तीन दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्रमार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत लय संग्रौला र लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएवापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको छ ।

हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । त्यसैगरि परिवर्तन नेपालको कार्य समितिको बैठकले तीन दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारितामार्फत तीन दशकभन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएबापत विजय रत्न तुलाधरलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

यस्तै अभिनेता निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिने समेत निर्णय गरिएको छ ।

पुरस्कार तथा सम्मान तिहार पछि गरिने आयोजना समारोहमा अर्पण गरिने कुरा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेसित बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

गतबर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रिका शान्ति प्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan