Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शान्ति सुरक्षा कायम राख्नुपर्ने– नेता सिटौला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार | (रासस)
newsabhiyan

विराटनगर, २४ असोज । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो ।

उहाँले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्ने बताउँदै गलत कार्यको सदैव विरोध गर्ने बताउनुभयो । उहाँले महङ्गी नियन्त्रण गरी बढाइएको कर अविलम्ब घटाउनुपर्छ भन्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan