Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिनाजु भन्दै जुत्तामा नजर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहले एकैचोटि ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् ।

ती व्यक्ति हुन्, न्यु क्रिएसन नामक संस्थाका सञ्चालक विजय श्रेष्ठ । सेनाले ५० हजार थान डीएमएस बुटका लागि टेन्डर आह्वान गरेको छ । जसका लागि श्रेष्ठको क्रिएसनसहित १२ वटा फर्मले आवेदन हालेका छन् ।

जसमा न्यूनतम प्रतिजोर १८ सयदेखि ३८ सयसम्मको मूल्यांकन हालेका छन् । तर, श्रेष्ठको फर्मले प्रतिजोर २४ सयमा दिने गरी कोटेसन हालेको छ । सो जुत्ता भारतमा प्रतिजोर १२ सय रुपैयाँमा तयार हुन्छ ।

स्रोतका अनुसार आवेदन हालेका १२ मध्ये श्रेष्ठको सहित सातवटा फर्मको आवश्यक मापदण्ड नै पुग्दैन । आवश्यक मापदण्ड नै नपुग्ने सो फर्मका लागि १० करोडको सो काम हत्याउन श्रेष्ठले मन्त्री पोखरलेललाई भिनाजुको नाता लगाएर अनावश्यक दबाब दिएको बुझिएको छ ।

स्रोतका अनुसार श्रेष्ठ पहिले सेनापति निवास झम्सिखेलमा साबुन, सेम्पु सप्लाई गर्ने सानो ठेकेदारको काम गर्थे । राजेन्द्र क्षेत्री प्रधानसेनापति भएपछि उनले प्रधानसेनापति क्षेत्री’का छोरा अभिषेक र श्रीमती रीता कुँवर क्षत्रीमार्फत पास्ट ट्याकको १९ करोडको ठक्का निगाहमा पाएका थिए,  बुधबारमा उल्लेख छ ।

सेनाले खनिरहेको सो बाटोमा उनले ग्याभिन वाल लगाउने काम लिएका थिए । उनै श्रेष्ठले अहिले मन्त्री पोखरेललाई नाता लगाएर प्रधानसेनापति पूर्णचन्द्र थापामाथि जुत्ताको टेण्डर आफ्नोमा पार्न घुँडा धसेर लागेको बुझिएको छ । अब एक दुई दिनभित्रै उक्त टेण्डरको रिजल्ट निकाल्ने तयारी भइरहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan