Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रासससँग सहकार्य गरेर अघि बढ्छौँ : गोपसंस्थान अध्यक्ष

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २४ असोज । गोरखापत्र संस्थानका नवनियुक्त कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर गोरखापत्रलाई अझ पठनीय बनाइने बताउनुभएको छ ।

संस्थानमा आज आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राससलाई हामीले भुल्नुहुँदैन । रासससँग सहकार्य गरेर नै गोरखापत्रलाई अझ राम्रो पठनीय बनाइने छ ।”

‘गोरखापत्र’ नेपालको पत्रकारिता जगत्को सम्पदा भएकाले यसको संरक्षण गर्न जरुरी छ भन्दै उहाँले नयाँ प्रकारका समाचार, लेख र विचारबाट ‘गोरखापत्र’को पुरानो परिभाषा बदल्नुपर्नेमा जोड दिनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले आफू जागीर खान मात्र नआएको बताउँदै ‘गोरखापत्र’लाई तीन करोड नेपालीको पत्रिका बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अन्य पत्रिकाको तुलनामा ‘गोरखापत्र’ सबैको पत्रिका बनाइनेछ” उहाँले भन्नुभयो, “छापा पत्रकारिता भनेको नै ‘गोरखापत्र’ हो भन्ने बनाउने हो । त्यसका लागि सम्पादकीय सशक्त हुनुपर्दछ ।” उहाँले मुलुक नयाँ युगमा प्रवेश गरेकाले ‘गोरखापत्र’ले सरकार र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले सम्पादकीय समूह र कर्मचारीको सहयोगबाट नै गोरखापत्रलाई नयाँ उचाइमा पु¥याइने बताउनुभयो ।

कार्यक्रममा ‘गोरखापत्र’का निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले आफ्नो स्तम्भ(मोही माग्ने ढुङ्ग्रो लुकाउने)बाट पाठकलाई पु¥याएको योगदानसरहकै अपेक्षा कार्यकारी अध्यक्षबाट ‘गोरखापत्र’ले पनि चाहेको बताउनुभयो ।

कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधानसम्पादक जगदीश पोखरेल, ‘गोरखापत्र’का प्रबन्ध सम्पादक हरिकला अधिकारी, गोरखापत्र सञ्चालक समितिका सदस्य मुकुन्द चिमोरिया र आधिकारिक ट्रेड युनियन अध्यक्ष विष्णु खनालले नवनियुक्त अध्यक्षको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँलाई गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan