Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता : नारी–बलात्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

बह्मश्रीमित्र (आर. बी. बस्नेत)

कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस होइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,


पशुको, पंक्षीको जलचर थलचरको
यौनमा आफ्ना सिमा र अनुशासन हुन्छन्
त्यसैले उनीहरु नाङ्गै
कपडा विहिन अवस्थामा पनि
अति सुन्दर निर्दाेष लाग्छन
त्यहाँ कुनै बलत्कार हुदैन,


कुनै नाबालक, सा( बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,


जब सम्म जनता मर्दाना
समभाव हुदैन
तब सम्म त्यहाँ समभोग हुदैन
कति सुन्दर प्राकृतिक सुन्दरता
तर मानिस विकृत भैसकेको छ
जीवन साधनाको कमि र भोजनको लापर्वाहिले
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,


मानिस मात्र यस्तो प्राणी
जो चौवीसै घण्टा कामातुर छ
आहार विहार आचार बिचार
मा होस सन्तुलन छैन
होस याने ध्यान छैन जागरण छैन
अनि उ कुनै पनि बेला
मानसिक रुपमा स्वय बलात्कृत हुन्छ
कुनै पनि बेला कसैलाई बलत्कार गर्छ
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,

ज्यान मार्नु जगन्य अपराध हो
ज्यान मार्नु भन्दा पनि ठूलो
अपराध हो बलत्कार
बलत्कारले शारिरिक, मानसिक,
भावनात्मक, सामाजिक कष्ठ ल्याउँछ
जीवनभर कसैको जीवनमा पिडा ल्याउँछ
हजार पटक मरेर बाच्नु पर्ने हुन्छ ।
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,

सम्यक भोजन………….
सम्यक यौन शिक्षा
सम्यक स्वास्थ्य ज्ञान
सम्यक यौन प्रजनन ज्ञान
बिना मानिस मात्र राक्षस
उसले कुनै पनि बेला बलत्कार गर्न सक्छ
नारी अस्मिता मातृ शक्तिको अपमान गर्न सक्छ
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलात्कार गर्ने मानिस होइन
मानसीक रुपमा आफै बलात्कृत
एउटा राक्षस मात्रै हो,

बालक, यौवना, वृद्ध
सबैको आहार शुद्धि
सबैको विचार शुद्धि
सबैका भाव शुद्धि
सबैको आत्म अनुभुति
भयो भने मात्र मानव
अन्यथा केहि विकसित
तर विकृति राक्षस
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,


सोच्नै पर्ने भएको छ
आजको मानवको
दानवीय व्यवहार र संसारको
बलत्कार आँकडा शैली हेर्दा
के कुनै नारीलाई बलत्कार गर्नु
आफ्नै आमालाई बलत्कार गर्नु होइन
के नारी आफ्नै आमाको प्रतिविम्ब होईन
के मानिस होसमा छ
उ के गरीरहेछ
कुनै नाबालक, सा बालक यौवना

वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,

एउटा पाँच वर्षे बालिका
एउटा पन्ध्र वर्षे बालिका
या कुनै पच्चिस वर्षे यौवना
या कुनै वृद्ध आमा
या कुनै हजुर आमा
सबैले बलत्कारीको डर र भयमा बाच्नु पर्ने
बसमा, सडकमा, बजारमा, आश्रमहरुमा
घरमा यत्र तत्र सर्वत्र
त्रासमा बाच्नु पर्ने
आमाको प्रतिविम्व रोएर बाच्नु पर्न
कुनै नाबालक, सा-बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,

फिल्म, नाटक, साहित्य, कविता, गित
सबैतिर नारी अस्मितालाई होच्याएर
बलत्कारको दृश्य छायाङ्कन गरेर
पुरुषोत्व प्रकट गर्न खोज्ने
मानसिकता विकृत अवस्था हो
फिल्म, नाटक, साहित्य, कविता
गितबाट नारी अस्मिता जोगाउनु पर्छ
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलात्कार गर्ने मानिस होइन
मानसीक रुपमा आफै बलात्कृत
एउटा राक्षस मात्रै हो,

यत्र पुज्यन्ते नारेस्तु तव रमान्ते देवता
व्यवहारीक जीवनमा उर्तानु पर्छ
नारी आमाको प्रतिविम्वलाई बलत्कार होइन
आदर, सम्मान र प्रेम गर्नु पर्छ
त्यस्तो मनुस्य सहि अर्थमा
पृथ्वीमा जन्माउनु पर्छ
प्रेम, करुणा, विवेक मैत्रीमा पुरुषोत्व छ
बलत्कारमा होइन
सबै युवालाई जगााउनु पर्छ
योग प्राणायाम ध्यानको

वैज्ञानिक उपयोग गरिनुपर्छ
चरित्र निर्माण गरिनुपर्छ
अश्लिल श्रव्य दृश्य रोकिनुपर्छ
नारी सम्मानको लागि, आमा सम्मानको लागि
कुनै नाबालक, सा- बालक यौवना
वृद्ध वा कुनै नारीलाई
बलत्कार गर्ने मानिस हाइन
मानसीक रुपमा आफै बलत्कृत
एउटा राक्षस मात्रै हो,


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan