Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैको मुखमा कड्किए आइजीपी सबेन्द्र खनाल ! 'बदनाम गर्नेलाई किरा मिल्काउने'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौँं,२४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको बदनाम गर्ने प्रहरीलाई किराजस्तै टपक्क टिपेर फाल्ने बताएका छन् ।

हिन्दुहरुको महान पर्व विजया दशमीको मुखमा आइजीपी सबेन्द्र खनाल निकै आक्रमक देखिएकाछन् ।

संगठनको बदनाम गर्ने प्रहरीलाई किरा झै मिल्काउने बताए पछि भ्रष्ट प्रहरी अधिकारी विच खैलाबैला मच्चिएको छ ।


ट्राफिक प्रहरी र्‍यापिड स्क्वाड विशेष कार्यक्रमको उद्घाटन गर्दै महानिरीक्षक खनालले पछिल्लो पटक संगठनको बदनाम गर्ने प्रहरीमाथि निगरानी समेत बढाएको बताए।

उनले संगठनभित्र रहेर अनियमितता गर्ने,पदीय हैसियत बिर्सेर काम गर्ने प्रत्येक प्रहरीलाई कडा कारबाही गर्ने बताए।

‘कारबाही सुरुवात गरिसकेका छौँ, अब यो अभियान कसैले रोकेर रोकिदैन’ उनले भने,‘संगठनको बदनाम गर्ने धमिरालाई कदापि छोडिदैन।’

ठेकेदार, दलालसँग कुनै प्रहरीको संलग्नता भए जागिर छाडेर त्यही पेशा अपनाउनुपर्ने उनले बताए। आइजीपी यसरी नै कड्किएकाछन् । ‘स्वपरिवर्तन हुन राम्रो’ उनले भने,‘सप्रिन निर्देशन दिँदा राम्रो सन्देश जान्दैन,यदि बदनाम हुने कार्य गरेमा त्यो क्षम्य हुनेवाला छैन।’

आफैँ सुध्रेर संगठनप्रति इमान्दार रहनसमेत उनले चेतावनी दिएकाछन् । उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने मुख्य उद्देश्यका साथ बुधबारबाट Traffic Police Rapid Squad (TRS) परिचालन भएको छ ।

ट्राफिक प्रहरी र जनपद प्रहरीले एक आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेकाछन् ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रचलित कानून अनुसार कसूरको आधारमा
मात्र कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिदै उनले आफ्नो व्यवहार, बोली
वचन एवं कार्यशैलीको उत्कृष्ट प्रर्दशन गर्नुपर्ने समेत बताए ।

कुनै पनि स्थानमा घटना भएको खबर प्राप्त हुनसाथ तत्कालै पुगि (TRS) मा खटिएका प्रहरीले आफ्नो दक्षता र क्षमताको उच्च प्रर्दशन गरी इमान्दारिता र लगनशिलताका साथ दिएको जिम्मेवारी निर्वाह गर्न समेत सोही अवसरमा उनले निर्देशन दिए ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले (TRS)
सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनिकरण गर्नुका साथै शान्ति सुरक्षामा खलल पार्ने घटना र क्रियाकलापहरु नियन्त्रण गरी प्रभावकारी प्रहरी सेवा अभिबृद्धि गर्न (TRS) परिचालन भएको जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan