Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनारका हत्यारा कारागार चलान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार | rss
newsabhiyan

पोखरा, २४ असोज : बलात्कारपछि हत्या गरेको अभियोगमा आज यहाँ एक व्यक्तिलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेका कुसुम पौडेलललाई जिल्ला अदालत कास्कीले थुनामा राख्न आदेश दिएको छ । प्रहरी हिरासतमा रहेका उनलाई आजै कारागार चलान गरिएको छ । न्यायाधीश योगेन्द्रप्रसाद साहको एकल इजलासले थप अनुसन्धानका लागि सो आदेश गरेको हो ।

अदालतमा मङ्गलबार भएको थुनछेक बहसमा कुसुमले श्रेयाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो ।

यही असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीया श्रेया सुनारलाई रक्सीको नशामा रहेका छिमेकी पौडेलले चकलेट किन्न पैसा दिने लोभमा बलात्कारको हर्कत गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोज्दा झाडीमा धकेलेर ढुङ्गा प्रहार गरी हत्या गरेको कुशमले प्रहरी सामु बयान दिएका थिए । असोज १० गते हत्या आरोपमा कुसुम पक्राउ परेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan