Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व बैंकले तेइस अर्ब सहुलियत ऋण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ असोज । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो ।

अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको थप राजश्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनःनिर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan