Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाले पुरा गर्ला रामवीरका तीन सर्त, पार्टी केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु दाहालका लागि फलामको च्यूरा चपाए सरह

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असोज । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी भित्रकै माथापच्चिसीबीच बर्दियाबाट पराजित नेता बामदेव गौतमलाई प्रतिनिधिसभामा भित्र्याउन काठमाडौं क्षेत्र नं ७ का निर्वाचित सांसद रामवीर मानान्धरलाई राजीनामा गराएको छ ।

तर, मानान्धरले आफुले राजीनामा दिनुअघि पार्टी नेताहरुलाई तीन सर्त कवुल गराएका छन् । ती तीन सर्त पुरा गर्न अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल इमान्दार बन्छन कि जनतालाई बाडेजस्तै आस्वासन मात्रै बाड्छन त्यो भने हेर्न बाँकी नै छ ।

आफुले राखेका तीन सर्त पुरा गर्ने बचन अध्यक्षद्वय ओली र दाहालले दिएपनि मानन्धरले मंगलबार पार्टी अध्यक्ष दाहाललाई आफ्नो राजीनामा पत्र बुझाएका छन् । 

काठमाडौं- ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजिनामा अध्यक्ष दाहाल आफै बोकेर प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए ।

मानन्धरको राजीनामा पत्र महासचिव बिष्णु पौडेलले बैठकमा पढेर सुनाएका थिए । मानन्धरले राजीनामा दिनु अघि आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने तीन सर्त अध्यक्ष दाहाल र नेता गौतमसमक्ष राखेका छन् ।

मानन्धरले दाहाल र गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौँ-७ छाड्न आफू तयार भएर राजिनामा पत्र पार्टी समक्ष बुझाएको निकटस्थहरूलाई बताएका छन् ।

निर्वाचन क्षेत्रमा मानन्धरले यति बताएर थामथुम पारेपनि (नेकपा) को केन्द्रमा काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन गराउने प्रयासको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

मानन्धरले गौतमका लागि भन्दै सांसद पदबाट राजीनामा दिने घोषणा पछि बहस खुला रुपमा सुरु भएको हो । नेकपाका नेता तथा कार्यकर्ताहरु सामाजिक सञ्जालमा समेत नेकपाका नेताहरु पक्ष विपक्षमा उत्रिएका छन् ।

केहिले गौतमलाई काठमाडौं(७ मा उपनिर्वाचन गराएर संसदमा लैजानु आवश्यक रहेको तर्क गरेपनि धेरैले ‘व्यक्तिगत स्वार्थ’ का लागि उपनिर्वाचन आवश्यक नरहने तर्क गर्दै राजीनामा स्वीकृत गर्न नहुने बताइरहेका छन् ।

नेता भीम रावलले आवेगमा यस्तो विषयमा निर्णय नलिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनले ट्वीटमा लेखेका छन, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल आवश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालिन प्रभाव पार्ने विषयमा छलफलविना निहीत स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’

एउटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि करिव तीन करोड खर्च हुन्छ । निर्वाचन आयोगले गएको प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता ५ सय ६ रुपैयाँ खर्च भएको जनाएको थियो । काठमाडौं-७ मा अघिल्लो निर्वाचनमा ५७ हजार ५ सय ५८ जना मतदाता थिए ।

त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्दा उपनिर्वाचन गराउँन २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ । त्यसमा पनि यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो । गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन ।

एउटा व्यक्तिलाई संसदमा ल्याउनका लागि राज्यको तीन करोड खर्चिनु कत्तिको न्यायसंगत हुन्छ, त्यो राज्यले बुझ्न आवश्यक हुन्छ । दुई तिहाई जनमत ल्याएर सत्ता चलाइरहेको बाम सरकारले एक व्यक्तिका लागि यत्तिका हर्कत देखायो भने जनताले यो सरकारबाट के आशा गर्ने ? अभियान टाइम्सका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan