Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

नेपालगञ्ज, २५ असोज  । नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ ।

सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली हाइमास्ट जोडिएको हो ।

साँझपख आफैँ बल्ने र बिहान आफैँ निभ्ने स्वचालित हाइमास्टको नगर प्रमुख डा धवल शमशेर राणा र उपप्रमुख उमा थापमगरले बत्ती बालेर शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा नगर प्रमुख राणाले हाइमास्टको सफल प्रयोगपछि थप क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाउनुभयो । क्रम्टन कम्पनीको सो बत्ती जडानमा करीब रु १४ लाख लागेको उपभोक्ता समितिका अध्यक्ष निजामुद्धिन सिद्धिकीले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan