Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असोज । ग्लोबल आइएमइ बैंक लि. कोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त हुनु भएको छ ।

आज २५ गते बिहिबारदेखि कार्यभार सम्हाल्नु भएका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहनुभएको थियो । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुनुहुन्छ ।

बैंकिङ्ग क्षेत्रमा १८ बर्षभन्दा बढिको अनुभव सँगाल्नुभएका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा  र नेपाल बैंक लि. मा डेपुटी जनरल म्यानेजरको साथै केहि समय व्यवस्थापन समूहको संयोजकको रुपमा समेत कार्यरत रहनुभएको थियो ।

उहाँँ तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहनुभएको थियो । साथै उहाँसंग विभिन्न संघ संस्थाहरुको संचालक समितिमा रहि कार्य गरेको अनुभव समेत रहेको छ ।

नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत ढकाल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद समेत हुनुहुन्छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan