Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेट टिभिले दशैंमा ल्यायो एकमा अर्को एक सित्तैंमा अफर, दशैंमा चलचित्र हेर्न सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२५ नेपालको पहिलो लाइभ टेलिभिजनएप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगलप्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

विशेषअवसरमा विशेष र आकर्षक योजना मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियमप्याकको खरीदमा अर्को एक महिनासित्तैंमा टिभी हेर्न पाइनेछ ।

आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्यभाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजीचलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निसुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेटटिभीको एपमा लिन सक्नेछन् ।

स्मरणीय के छ ? नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदानगर्दछ ।

एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदाय आधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम् आईपीटीभी हेड इन्ड संचालनगर्दछ ।

मिडिया, प्रविधि र वित्तीयक्षेत्रका स्थापित व्यक्तित्वहरुद्वारा स्थापित जापान, अमेरिका, सिंगापुर, अस्ट्रेलिया र युरोपमा रहेकाको नेटवर्क संचालन सुविधा तथा काठमाडौँमा एक विकास केन्द्र बनाएर राखेको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan