Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

३०० प्रतिशतसम्म शुल्क असुल गरेकाले न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ असोज   : नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा सेन्टरले उपभोक्तासँग ३०० प्रतिशतसम्म शुल्क असुल गरेको पाइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा व्यापारीले कपडा बिक्री गर्दा परल मूल्यभन्दा २०० देखि ३०० प्रतिशतसम्म बढी लिइएको पाइयो । अत्यधिक नाफा राखेर बिक्री गरेको पाइएपछि सेन्टरमा सिलबन्दी गरेका हौँ ।”

विभागले अनुसन्धान अधिकृतको संयोजकत्वमा एक समिति बनाएर उक्त सेन्टरका सञ्चालकसँग बयान लिने र छानबिन गर्ने तयारीसमेत गरेको छ । कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार ती व्यापारीलाई कारवाही हुने विभागले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan