Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘युवालाई जीवनोपयोगी काममा लगाउनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan

सुर्खेत, २५ असोज (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युवालाई जीवनोपयोगी काममा लगाउनुपर्ने बताउनुभएको छ ।

युनिभर्सल पिस फेडरेशन नेपालद्वारा आज यहाँ आयोजित ‘मेयर्स लिडरसिप कन्फेरेन्स, २०१८’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “धेरै युवा लागुऔषध दुव्र्यसनीमा फसेका छन् । समाजमा नकरात्मक र परम्परागत सोचले जरा गाडेको छ, हरेक मान्छेको मस्तिष्कमा सफा र सकारात्मक सोचको विकास हुन जरुरी छ ।” उहाँले

मुलुकको समृद्धि र सभ्य समाज निर्माणका लागि आदर्श र नैतिक शिक्षा दिने खालको प्रशिक्षण आवश्यक रहेको आँैल्याउनुभयो । उहाँले शान्ति, मेलमिलाप दिगो विकासको परिचय भएकाले फेडेरेशनले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली जनता’ भन्ने मूलमन्त्रलाई सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

युनिभर्सल पिस फेडेरेशनका एशिया प्रमुख डा रोबर्ट एस किटेलले सभ्य एवं शान्त परिवार मुलुक समृद्धिको द्योतक हो भन्नुभयो । “संसारमा कुनै धर्मको बुझाइ नराम्रो छैन”, डा एस किटेलले भन्नुभयो, “पछिल्लो समयमा अनुशासनको मार्ग बाहिर गएको र निराशावादी समाजमा शान्ति स्थापित गर्न आवश्यक छ ।”

परिवारमा बाबुआमाले बालबालिकालाई बेलैमा सही स्याहार, हेरचाह र अनुशासित बनाउन नसके चौगुणा खतरनाक हुने उहाँको चेतावनी थियो । सम्मेलनमा पूर्वसांसद मिलनकुमारी राजवंशीले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पढेर सुनाउनुभएको थियो । सम्मेलनमा सभामुख, आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेशसभाका सदस्यसहित कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan