Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

लमही, २५ असोज : दाङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टर चार्टर गरी आज काठमाडौंँ लगिएको छ ।

दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा बस र मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका तिनलाई रु चारलाख तिरेर हेलिकप्टरबाट राजधानी लगिएको हो ।

खुट्टाको हाड नै भाँचिएका उनीहरुलाई दाङका कुनै पनि अस्पतालमा उपचार सम्भव नभएपछि त्यता लगिएको हो । आज बिहान ९ बजे भएको दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं २ निवासी ३९ वर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ वर्षीय सुनिता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रकाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकल ठोकिएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan