Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, असोज २५ ।
नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरियो । सोही अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङ पनि सम्मानित भइन् । पाँचैलाई संघका उपाध्यक्ष रोशन विष्टले जनही ५ हजार नगद प्रदान गरे । पाँचै पदक विजेतालाई संघका सल्लाहकार एवं नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले ७ हजार मुल्य बराबरको ब्याग पनि प्रोत्साहन स्वरुप प्रदान गरेका थिए ।
त्यस्तै कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जिते वापत ८ वर्षिय आर्यनलाई संघका उपाध्यक्ष किशनराज सिंहले नगद २० हजार प्रदान गरे । संघका सदस्य अच्यूत लामिछानेले पनि प्रोत्साहन स्वरुप आर्यनलाई ५ हजार नगदबाट पुरस्कृत गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, संघका अध्यक्ष सञ्जय रन्जितलगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही अवसरमा नेपाल रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र सह–संयोजक महेश रन्जित तथा सल्लाहकार रामकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
काठमाडौं । नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार थापथलीमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितीले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो । यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्यान्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता कुल ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिए ।


पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरी र आयोजक काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । सो अवसर सदस्यचिव विष्टले केही व्यक्तिको नीजि स्वार्थका लागि तेक्वान्दोमा विवाद ल्याउन काम भइरहे पनि त्यसलाई जडदेखि नै सुल्झाउन आफू प्रयत्नशील रहेको बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan