Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निक्षेपको ब्याजदर घटाउन सङ्घको अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौं  । बैङ्कहरूले दिने बचत तथा निक्षेपको ब्याजदर बढाबढमा प्रतिस्पर्धा चलिरहने गरेको अवस्थामा नेपाल बैङ्कर्स सङ्घले ब्याजदर पुनः घटाउन अनुरोध गरेको छ । सङ्घले बिहीवार प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको बैठकमा अधिकतम १० प्रतिशतसम्म निक्षेपको ब्याजदर कायम राख्न अनुरोध गरेको हो ।

केही बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर ११/१२ प्रतिशतसम्म पुर्‍याएकाले यसलाई घटाएर बढीमा १० प्रतिशतमा खुम्चाउन सीईओहरूबीच सहमति गरिएको सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार बैङ्कहरूले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर ९ देखि १० प्रतिशतको हाराहारीमा मात्र राख्न र बचतको साधारण ब्याजदर ५ प्रतिशतभन्दा नबढाउनेबारे छलफल भएको हो ।

दशैं शुरू भएसँगै निक्षेपकर्ताहरूले बैङ्किङ प्रणालीबाट चाडपर्व खर्चका लागि रकम निकाल्ने अवधि पनि हो । यसबेला बैङ्कहरूले ब्याजदर घटाउन जोड दिए भने दशैं सकिएपछि पनि ब्याजदर कम गर्दा निक्षेपकर्ताहरूको बैङ्कमा दक्षिणा जम्मा गर्ने आकर्षण घट्न सक्ने सरोकारवालाको भनाइ छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan