Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चामा नेपालकै सुन्दर चक्लेटी वडा अध्यक्ष

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । काठमाण्डौंको तारकेश्वर नगरपालीका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला सामाजिक कामको साथै सुन्दरताका कारण अहिले सामाजीक सञ्जालमा चर्चाको पात्र बनिरहेका छन् ।

काठमाडौं उपत्यकाकोनै सबैभन्दा कान्छो वडा अध्यक्ष रहेका सिटौला अहिले नेपालकै सुन्दर चकलेटी वडा अध्यक्षको नामले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

२०४६ साल जेष्ठ १६ गते जन्मिएका सिटौला तारकेश्वर ९ को वडा अध्यक्षमा बिजयी भइरहंदा मात्र २७ बर्षको उमेरका थिए ।

काठमाडौंकै कान्छो वडा अध्यक्ष बलरामले आफुले वडा अध्यक्ष बापत प्राप्त गर्ने तलब व्यक्तिगत कामका लागि नभई सामाजिक काममा एकमुष्ट खर्च गर्ने घोषणाले उनको कदलाई झनै माथि पु¥याईदिएको छ ।

अहिले सम्म अविवाहित रहेका सिटौलाले वडा अध्यक्ष भएको एक बर्षमै ५० मिटर भन्दा बढीका १५ वटा बाटोहरु निर्माण, ल्याव सहित सहरी स्वास्थ्य केन्द्र, वडाका बिभिन्न ठाँउहरुमा सुचना पार्टी, अपांगता भएका व्यक्तिहरुलाई सहायसामग्रीहरु, रक्तदान कार्यक्रमहरु, महिलाहरुका लागि सिपमुलक तालीम लगायत दर्जनौं काम गरेर जनताको मन जित्न सफल भएका छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan