Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बामदेवजी, कसैलाई राजिनामा दिन लगाएर चुनाव लड्ने चाहना नराख्नुहोला : नेता बडाल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २६ असोज । बामदेव गौतमले काठमाण्डौ क्षेत्र नम्बर सातबाट चुनाव नलड्ने भएका छन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका हुन् ।

स्थानीय जनमत र परिपाटीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले बामदेव गौतम संसदमा आए हुन्थ्यो भनेर आफूले पनि चाहना राखेको तर समय अनुकूल नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले गौतमका लागि रामवीर मानन्धरले राजिनामा दिए पनि उक्त कुरा पार्टीको निर्णय नभएको स्पष्ट पारे ।

मानन्धर र गौतमबीच भएको समन्वयलाई पार्टीले विरोध गर्न भने नसकेको बडालले बताए । तर रामवीरले राजिनामा दिनु गलत भएको बताए ।

“म रामवीरलाई के अनुरोध गर्न चाहन्छु भने तपाई एक्लै चुनाव जित्नुभएको होइन । हजारौँ जनताको विश्वासले चुनाव जित्नुभएको हो । ईच्छा लाग्नेवित्तिकै पत्रकार सम्मेलन गरेर राजिनामा दिनु राम्रो होइन ।” बडालले भने ।

रामवीरले जनताले दिएको जिम्मेवारीबाट भाग्न खोजेको बडालको आरोप थियो । मतदाताकै सल्लाहअनुसार राजिनामा दिनु स्वभाविक भए पनि रामवीरले जनताको भावनाविपरित गलत काम गरेको बडालको ठहर छ ।

वामदेवले संसदमा जान पाएहुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक भए पनि रामवीरले राजिनमा दिनु गलत भएको उनले बताए ।

कसैलाई राजिनामा गराएर चुनाव लड्ने चाहना राख्नु गौतमको पनि कमजोरी भएको भन्दै बडालले अब यस्तो काम नगर्न सुझाब दिए ।

नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले बामदेव गौतम सिङ्गो पार्टीको नेता भए पनि चुनाव लड्नका लागि अहिले कतै पनि खाली नभएको बताए ।

गौतमलाई चुनाव लडाउने विषयमा पार्टीभित्र छलफल नै नभएकाले यस विषयमा छलफल गर्नु जरुरी नभएको गैरेले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan