Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशै तिहारमा आवश्यक वस्तुको अभाव र मूल्य बृद्धि हुँदैन : मन्त्री मातृका यादव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

जब जबहिन्दुहरुको ठुला चाड विजया दशमी र दिपावली आउँछन, तव तव बजार मूल्य आकासिन्छ । त्यतिमात्रै होइन बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव व्यापारीहरुले सृजना गर्छन । यसले आम जनता सदैव मारमा पर्छन । अहिलेपनि दशैको मुखमा बजार मूल्य आकासिएको छ । र, कृतिम अभाव सृजना हुन सुरु भएको छ । यसलाई रोक्न तालुकवाला मन्त्रालय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले के गरिरहेको छ भन्ने बारेमा मन्त्री मातृका यादवसंग जिज्ञासा राखेका छौं । प्रस्तुत छ यादवसंग गरेको कुराकानीको सारसंक्षेप :—

जब जब ठुला चाडवाड आउँछन, दैनिक उपभोग्य बस्तुको बजार मुल्य आकासिन्छ, अहिलेपनि त्यस्तै भयो भन्ने उपभोक्तको गुनासो बढेको छ । के त्यस्तै भएको हो, बजारमा ?

बजारमा कुनै मुल्यवृद्धि भएको छैन । उपभोक्तालाई मूल्य बृद्धि नहुनेमा ढुक्क हुन म आग्रह गर्छु । हामी अहिले अनुगमन गरिरहेका छौं । बजार अनुगमन गरिएन भनेर भनिएको छ । गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल भएर अनुगमन थालनी भएको छ । बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होईन, पुरै देशमा बजार अनुगमन सुरु गरेका छौं ।

तर, उपभोक्ताले त हामीले अनुभूति गर्न पाएनौ भनेर गुनासो गरिरहेका छन् त ?

भन्ने बित्तिकै छु मन्तर हुने कुरा त भएन नी । विगतमा सरकार थिएन, तर अहिले हामी बजारमा पुगिरहेका छौं । बजार अनुगमन गर्न हाम्रो निरन्तर प्रयास छ । अहिले आपुर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोशिश गर्नेमा मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छौं ।

पछिल्लो समय बजारमा नेपालमा नै रहेको चिनीलाई वास्ता नगरी चिनीको आयात बढाउन चलखेल भइरहेको गुनासो आइरहेको छ नी ?

चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको मैले पनि सुनेको छु । तर, अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रक बिना त्यत्रो पैसा चल्दैन् । जीपमा बोकेर हुँदैन् । एउटा ट्रकले मात्रै पनि हुँदैन् । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ ।

अर्बोंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि । यसमा निश्पक्ष छानबिन हुनुप¥यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु । हल्ला बाहिर आउँछन, प्रमाणित हुन सकेका छैनन् । या त प्रमाणित गर्नुप¥यो । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ ।

तर, मन्त्री ज्यू बजारमा चिनीको अभाव भइरहेको त सत्य हो नि ?

अहिले चिनीको अभाव कतैपनि छैन । बजार भाउपनि नबढेको म स्पष्ट पार्न चाहन्छु । उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक हो । हामी उपभोक्तको त्यो चाहना पुरा गर्ने प्रयास गरिरहेका छौ । चिनीको अभाव भयो भनेर समाचार लेखिएका छन् । चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं ।

चिनीको मूल्य निर्धारणमा पनि चलखेल भएका सूचना बाहिर आएका छन नि ?

चिनीको मूल्य मन्त्रालय र विभागले तोकेको होइन । चिनीको मुल्य सार्वजनिक लेखा समितिले निर्धारण गरेको हो । तर, चिनीको मूल्य तोक्ने सार्वजनिक लेखा समितिको अधिकार कतिको हो ? मलाई थाहा छैन । लेखा समितिले सबै वस्तुको भाउ लेखेर दिए हामीलाई धेरै मेहनत गर्नुपर्ने थिएन । यो रेटमा बेच्नुहोला भनेर हामी माईकीङ गराउँछौं ।’

जनप्रतिनिधिले त सरकारलाई उचित राय सुझाव दिन सक्दैनन् र ?

संविधान, कानून र ऐनले दिएको अधिकार राज्यका सबै निकायले प्रयोग गर्नुपर्छ । मन्त्रालय व्यक्तिगत रुपमा म र समितिबीच कुनै झगडा छैन । तर, केहि अमिल्दो काम ग¥यो कि भन्ने मात्रै हो । समितिले हाम्रो मन्त्रालयलाई सहयोग गरिरहेको छ । ६३ रुपैयाँमै चिनी पाए त उपभोक्ताको लागि खुशीको विषय हुन्छ नै । त्यो कत्तिको सम्भव हुने विषय हो त्यो पनि अध्ययन अनुसन्धान मार्फत निक्यौल गर्नुपर्छ ।

दुई तिहाईको सरकार बन्दा जनताले जे अपेक्षा गरेका थिए, त्यो त पुरा हुने देखिएन नि  है ?

जनताका चाहनाहरु पूरा गर्न सरकार सचेत छ, त्यही अनुरुप काम पनि गरिरहेको छ । नेपालमा चिनी उत्पादन १ लाख ८० हजार मेट्रिक टन छ । अहिले आवश्यकत्ता २ लाख ३० हजार मेट्रिक रहेको छ । चिनीका मालिकहरुले उखु किसानका पैसाहरु दिएका थिएनन् । तर, म आएपछि अहिले दिन थालेका छन् ।

सुरुमा मैले पनि हात जोडेर किसानलाई पैसा दिन आग्रह गर्दा दिएनन् । तर, अलिक कडा रुपमा प्रस्तुत हुँदा दिए । अझै सवा अर्ब जति पैसा किसानलाई दिन बाँकी नै छ । हामीले विस्तारै नागरिकका पक्षमा काम गरिरहेका छौ ।

देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने हुन्छ । मागेर खाएर अर्थतन्त्र मजबुद हुँदैन् । त्यसका लागि सरकार बातावरण निर्माण गर्न तयार छ । हामीलाई केवल आवश्यक छ, जनताको साथ ।

नजिकिएको दशैमा हुने कालोकजारी र अनियमितता नियन्त्रणका लागि सरकारको योजना के छ, कसरी अघि बढिरहेको छ ?

चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मुल्य वृद्धि यसभन्दा अगाडि पनि हुन्थे । पक्कैपनि अहिलेपनि यस्तो गर्ने प्रयास गरिन्छ नै । त्यस्तो हुन लागेको थाहा पाएमा तुरुन्त मन्त्रालयमा सम्पर्क गर्न मेरो सम्पूर्ण देशवासीलाई आग्रह छ ।

मन्त्रालयले गृह मन्त्रालयसंग समन्वय गरेर अनियमितता, कालोबजारीलगायतका विषयमा शक्तिशाली सम्यन्त्र बनाएर अनुगमन गरिरहेको छ ।

हामीले सुरक्षा निकायलाई पनि अनुगमनका लागि कडा निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरिसकेका छौ । केहि त्यस्ता व्यापारीलाई कारवाही प्रक्रिया समेत अगाडि बढेको छ ।

अखाद्य, खाद्यबस्तु राखेर खानाका परिकार बनाउने बानेश्वरको संगम स्वीटमा शिल गर्ने काम अनुगमन टोलीले गरिसकेको छ । हाम्रा सम्यन्त्रहरु औपचारिक र अनौपचारिक रुपमा बजारको अनुगमनमा लागिरहेका छन् । त्यसका लागि आम जनताको साथ र सहयोग हामीलाई आवश्यक छ ।

पछिल्लो समय निर्यात भन्दा आयात बढि भइरहेको छ, मुलुकमा उत्पादन भएका बस्तु पनि निर्यातको झण्जट सरकारले हटाउन नसक्दा निर्यात हुन नसकेको भन्ने गुनासो व्यवसायीहरुको सन्न पाइन्छ, खास भइरहेको के हो ?
तपाईको यो प्रश्नमा केहि सत्यता छ । तर, पुरै होइन । किनकी हामीले चियापति पश्वीना, तयारी पोशाक लगायतका सामाग्री निर्यात गरिरहेका छौ । यतिसम्म की नेपालको उत्पादन राम्रो भयो भनेर बजार विस्तारका प्रस्ताव पनि अनगिन्ती रुपमा आइरहेका छन् ।

तर, हामीसंग उचित व्यवस्थापन, पुजी विस्तार र दक्ष जनशक्तिको अभावमा गुणस्तरिय बस्तु निर्माण हुन सकिरहेको छैन् । सर्वप्रथम हामीले निर्यात भन्दा आयात बढाउनका लागि दक्ष जनशक्ति निर्माण र गुणस्तरिय बस्तु उत्पादनमा ध्यान दिनु पर्ने नीति तथा योजना मन्त्रालयका तर्फबाट बनाएका छौ ।

त्यो योजना कार्यान्वयन गर्नेगरी अगाडि बढ्नका लागि मतहतका निकायलाई मैले निर्देशन समेत दिइसकेको छु । केहि महिनामा यस बारेमा प्रगति हुन्छ, नेपाल पनि आयात गर्ने होइन सामान निर्यात गर्ने मुलुकमा परिणत हुन्छ ।

भन्नलाई हामी कृषिप्रधान देश भन्छौ । तर, कतिपय कृषिसम्वन्धि बस्तु पनि हामीले निर्यात गर्न परिरहेको छ । सबैभन्दा पहिले त्यो अवस्था हटाउनका लागि सरकारले के गर्नुपर्छ, त्यस विषयमा सचेत र सजग हुन आवश्यक छ । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan