सालकको छाला सहितको खपटा सहित मानिसहरु पक्राउ

काठमाडौं,२६ असोज । वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले सालकको छाला सहितको खपटा सहित मानिसहरु पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला रामेछाप दोरम्बा गाँउपालिका वडा नं।(२ बस्ने बर्ष १९ को देवराज श्रेष्ठ र जिल्ला दोलखा सैलुंग गाँउपालिका वडा नं।(१ बस्ने बर्ष २८ को ज्ञान बहादुर श्रेष्ठ रहेका छन् ।
१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा ९आखेटोपहार० ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाईएको छ।
सालक CITES महासन्धी १९७५ को अनुसुची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत जनावर हो ।