Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस/एएफपी)
newsabhiyan

सोल, २६ असोज । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गर्नुभएको छ ।

उहाँलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिनुभएको छ ।

उहाँलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उहाँ देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ ।

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उहाँले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आउनुभएको थियो ।

सोही कम्पनीसँग सम्बन्धित कार्यमा उहाँले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो ।

उहाँले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गर्नुभएको उहाँका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan