Tuesday 18th of December | २०७५ पौष ३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजधानीमै प्रहरीको ताण्डव: नियम विपरित रकम दिन एसपीको धम्की

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौं । राजधानीमै अनुचित लाभ लिएको अभियोगमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले केही प्रहरीका सदस्यमाथि स्ट्रीङ अप्रेसन गरीरहेका बेला र स्वयम् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र रहेका खराव किरालाई टिपेर फाल्ने अभिव्यक्ति दिईरहँदा स्वयम् महानिरीक्षक खनालकै विश्वासपात्र मानिएका काठमाडौं परिसरका एसपी अशोक सिंह भने ‘खराव नियत’कै शैलीमा पदीय शक्तिको दूरुपयोग गर्दै अघि बढीरहेका छन् ।

उनले राजधानीको ठमेलस्थित एक सहकारी संस्थामा खोलीएको आमाछोरीको संयुक्त खातामा जम्मा रहेको ठूलो रकम आमाको मात्र हस्ताक्षरका आधारमा उपलब्ध गराइदिन ‘थुन्ने’सम्मको धम्की दिएका छन् ।

ठमेलस्थित युरो सहकारी संस्थामा पराजुली थरका आमाछोरीको नाममा खोलीएको खातामा रहेको साठी लाख बढी रकम आमाको मात्र हस्ताक्षरका आधारमा उपलब्ध गराइदिन सहकारीका पदाधिकारीलाई टेकुस्थित प्रहरी परिसरको आफ्नै कार्यकक्षमा डाकेर एसपी अशोक सिंहले दबाब दिएका हुन् ।

सहकारी संस्थाका पदाधिकारीले भने त्यसअघि नै आफ्नै कार्यालयमा छोरी स्वदेश वा विदेश जहाँ भए पनि उपस्थित हुन नसक्ने हो भने उक्त रकम जसलाई उपलब्ध गराउनु पर्ने हो उसको नाममा अख्तियारनामा बनाएर ल्याउन आग्रह गरेका थिए । तर, उक्त आग्रहलाई अस्वीकार गर्दै प्रहरी कार्यालयमा उजुरी गर्न गएपछि सहकारीका पदाधिकारीलाई एसपी सिंहले डाकेर आमाछोरीको संयुक्त खातामा रहेको रकम आमालाई दिँदा केही फरक नपर्ने भन्दै उक्त रकम तत्काल उपलब्ध गराउन चर्काे दबाब दिएका थिए ।

तर, सहकारी संस्थाका पदाधिकारीले उमेर पुगेको व्यक्तिको स्वतन्त्र अधिकार हुने हुँदा अख्तियारनामा नै आवश्यक पर्ने भन्दै अन्यथा प्रहरी कार्यालयले आफ्नो रोहबरमा रकम ‘लेनदेन गरेको’ प्रमाण उपलब्ध गराइदिन आग्रह गर्दा पनि एसपी सिंहले दुबै प्रस्ताव अस्वीकार गर्दै ‘तत्काल रकम उपलब्ध नगराए थुनिदिने’ धम्की मात्र दिएका थिए ।

बिहीबार सहकारीको कार्यालयमै प्रहरी भ्यान पठाएर दुई कर्मचारी नियन्त्रणमा लिनुका साथै टेकुस्थित परिसरको कार्यालयमा लामोसमय नियन्त्रणमा लिएर ‘भोलीसम्ममा रकम उपलब्ध गराइदिनु’ भन्दै ती कर्मचारीलाई नियन्त्रणमुक्त गरेका थिए ।

उक्त घट्नाका बारे सम्पर्क गर्दा काठमाडौं परिसरका एसएसपी बसन्त लामाले आफूलाई कुनै जानकारी नभएको बताए ।

शुक्रबार फेरि टेकुस्थित परिसरबाट दश बजे नै उपस्थित हुन अध्यक्षलाई दबाबपूर्ण फोन आयो, परिसरमा छलफलका लागि पुगेका सहकारीका पदाधिकारीलाई मुद्दा शाखाका डीएसपी मोहन कुमार थापाले ‘अहिले नै एकाउन्टपेयी चेक दिनु’ भन्ने दबाब दिन थाले । यसरी एकपछि अर्काे प्रहरी अधिकारीले जसरी पनि रकम उपलब्ध गराउन दबाब दिनुले ‘खराव नियत’ पालेको आशंका जन्माएको छ ।

सहकारी संस्थाका पदाधिकारीको तर्क पनि उचित छ । उनीहरु भन्छन्, या त प्रहरी कार्यालयमा उजुरी गरीएको हो र यस्तो विषय प्रहरीको अनुसन्धानको दायराभित्र पर्छ भने हामी रकम प्रहरीकै रोहबरमा उपलब्ध गराइदिन्छौं, त्यो प्रमाण हामीलाई दिनुस् वा हाम्रो संस्थालाई उक्त रकम उपलब्ध गराइदिनु भन्ने पत्र दिए पनि हुन्छ वा स्वदेश वा विदेश जहाँ भए पनि कसलाई रकम उपलब्ध गराइदिने हो, उनले दिएको अख्तियारनामा उपलब्ध भएमा हामी रकम दिन तयार छौं ।

तर, यी तीनवटै प्रस्ताव प्रहरीलाई स्वीकार्य छैन । उ एकोहोरो भन्छ, जसरी पनि रकम उपलब्ध गराइदेउ । आमाछोरीको नामको संयुक्त खातामा जम्मा भएको रकम आमालाई दिँदा फरक पर्दैन ।

अब यहाँनेर प्रहरीले कानुन र मान्यता विपरित बारम्बार रकम उपलब्ध गराउन दबाब दिनुले विभिन्न शंका उब्जाएको छ ।

नम्बर १, उमेर पुगेको व्यक्तिको सम्पत्ती तथा मौलिक स्वतन्त्रताको हक संविधानले नै उपलब्ध गराइदिएको छ ।

नम्बर २, बैंकमा आफ्नै खाताको चेकमा हस्ताक्षर सामान्य मिलेन भने पनि उक्त चेक फिर्ता हुन्छ, बैंकले हस्ताक्षर मिलेको स्वीकार नगरेसम्म रकम उपलब्ध गराउँदैन ।

नम्बर ३, उमेर पुगेकी छोरीको परिवारको इच्छाविपरित विवाह पनि भएको हुन सक्छ, त्यस्तो अवस्थामा रकम भुक्तानी गर्दा भविष्यमा मुद्दामामिला पर्दैन भन्ने ग्यारेन्टी कसले गर्छ ? विवाह भएको भए हकवाला नै परिवर्तन हुने अवस्था आउँछ । त्यसमा पनि छोरी जिवित नै छन् भन्ने आधार के ?

हो, सहकारी संस्था सबै एकनासे छैनन् । कुनै राम्रा, कुनै नराम्रा, कुनै असल, कुनै खराव पक्कै पनि छन् । तर, त्यस बारेमा छानविन नै नगरी नियम कानूनलाई समेत मिचेर शक्तिको दूरुपयोग गर्ने छुट प्रहरीलाई पक्कै पनि छैन ।

त्यसमा पनि प्रहरी शान्ति सुरक्षाका लागि मात्र खटिने संगठन नभएर स्वयम् अर्धन्यायीक नियका पनि हो । कसुर अनुसारको सजाय गर्ने निकाय पनि प्रहरी संगठन भएकाले कसैको दबाब वा प्रभावमा परेर कोही कसैमाथि जोरजवरजस्ती प्रहरी महानिरीक्षकले समेत मिल्दैन ।

त्यसमा पनि हालै चर्चित सुन लुटपाट तथा तस्करी समेतको छानविन गर्न गठीत उच्चस्तरिय संयन्त्रको सदस्य समेत रहेका एसएसपी बसन्त लामाकै नेतृत्वमा रहेको काठमाडौं प्रहरी परिसरबाट त्यती ठूलो लापरवाही अथवा बदमासी हुन्छ भने संगठनका अन्य सदस्यबाट हुने बदमासीको के कुरा गर्नु ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan