Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिरामी खसी बेच्ने र काट्नेलाई जरिवानामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan

घोराही, २६ असोज : घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई आज जरिवाना गरेको छ ।

उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही रु एक एक हजार जरिवाना गरिएको हो । उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ । खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ ।

उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan