Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सूर्यविनायकमा अखाद्य वस्तुको बिक्री

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan

भक्तपुर, २६ असोज : दशैँ नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ ।

नगरपालिकाले आज सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन् ।

सो क्रममा अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताविना नै सञ्चालन गरेको पाइएको छ । सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौँका कारोवार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताउनुभयो ।

ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ ।

नगरपालिकाले पाँच महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोवार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौँको कारोवार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan