Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २६ असोज (रासस) : नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो ।

कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर रु २१ करोड ६० लाख पुगेको छ ।

कम्पनीले आव २०७४÷७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् रु २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ । कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ ।

कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan