Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बृहत् दाङ सिँचाइ अयोजनाद्वारा १२ पोखरी निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २७ शनिबार |
newsabhiyan

लमही, २७ असोज ,रासस : दाङको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाअनुसार सञ्चालनमा ल्याइएको बृहत् दाङ सिँचाइ आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको छ ।

जिल्लाकोे ५६ हजार हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले दुई वर्ष अघि सञ्चालनमा ल्याइएको सो आयोजनाले अहिलेसम्म १२ वटा पोखरी निर्माण गरिसकेको सूचना अधिकारी मदनप्रसाद शाहले बताउनुभयो ।
उहाँका अनुसार दाङको ५६ हजार क्षेत्रफल जमिनमा सिँचाइ गर्न सल्यानको शारदा नदी र माडी नदीको पानी दाङमा ल्याउने योजना छ । शारदा नदीको पानीले दाङको १० हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ हुने अनुमान गरिएको तर माडीको पानी सर्वेक्षणको प्रक्रियामै रहेकाले कति क्षेत्रफलमा सिँचाइ हुन्छ भन्ने अझै यकिन हुन नसकेको सूचना अधिकारी साहको भनाइ थियो ।

पानी पर्याप्त नहुने भएकाले पहाडी क्षेत्र र बबई नदी पारीको क्षेत्रमा सिँचाइका लागि माडी र शारदाबाहेक अर्को विकल्प अपनाउनु पर्ने देखिएकाले राप्ती राजमार्गको माथि र तलबाट बाँध बनाएर बबई पारी रहेको दुई हजार हेक्टर जमिनमा सिँचाइ गर्न सकिने र सबै खेतमा सिँचाइ पु¥याउन डाईभर्सन्, लिफ्ट, मूलमा पोखरी र वर्षात्को पानी जम्मा गरेर पटाइने प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

अहिलेसम्म बबई गाउँपालिका–३ धनवास, सोही ठाउँकै मृगोखोला, राणाखोला, शान्तिनगर गाउँपालिका–१ ज्यामिरे, २ को पेदा, २ कै दाउन्ने खोला, शान्तिनगर ३ को केराघारी, तुलसीपुर उपमहानगरपालिका वडा नं १ को चिसाखानी पोखरी, ३ को थापापानी, ३ कै राम्री तथा सोही वडाकै खमारी, ४ को बाँयाखोला र १९ को स्यालापानीमा पोखरी निर्माण भइसकेको छ ।

लिफ्ट र बाँध निर्माण गरिँदै

पहाडी क्षेत्रका खेतमा सिँचाइका लागि अहिले १३ वटा लिफ्ट निर्माण भइरहेको छ भने सिँचाइ सुविधा विस्तारका लागि पानी जम्मा गर्न दंगीशरण गाउँपालिका–३ लेटारमा, घोराही १७ बर्गदी र १८ को गिठेपानीमा तीन वटा बाँध निर्माण गरिएपनि ती बाँधमा जम्मा भएको पानी तान्न नसकिएको सूचना अधिकारी शाहले बताउनुभयो

चिरा निर्माण गरेर सिँचाइका लागि पानी जम्मा गर्न सकिने भएकाले त्यसका लागि काम अघि बढिरहेको उहाँको भनाइ थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan