Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाको सचिवालय बैठक कात्तिक ४ मा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २७ शनिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ असोज : नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ ।

आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।

उहाँले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताउनुभयो । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan