Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जथाभावी भाडा अशुल्ने सवारीविरुद्ध चितवन ट्राफिक आक्रमक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २८ असोज । चार्डपर्वको मौका छोपी यात्रुलाई दु:ख दिने र बढी भाडा अशुल्ने यात्रुसित चितवन ट्राफिक आक्रमक रूपमा लागि परेका छन् ।

यसैक्रम्मा, चितवन ट्राफिकले तोकेको भन्दा बढी भाडा असुल्ने बस र माइक्रोलाई कारवाही समेत गरेको जनाएको छ ।

प्रहरीले  मुग्लिङ्ग र आँपटारीमा गरिएको चेकजाँचका क्रममा यात्रुबाट बढी भाडा असुल्ने ४ वटा बस र २२ वटा माइक्रोलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनले यात्रु ठक्ने प्रत्यक सवारी साधनलाई १५ सयका दरले जरिवाना समेत गरिएको बताए ।

सो सवारीसाधनबाट यात्रुको १५ हजार ८ सय ७० रुपैंया फिर्ता गरिएको छ । दशैंको अवधिभर मुख्य राजमार्ग क्षेत्रमा सवारीसाधन चेकजाँच लाई कडाई पारिने गौतमले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan