Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्छौं - भुमी ब्याबस्था मन्त्री लामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २८ असोज । प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले स्वेदशमा रोजगारमूलक काममा लाग्ने व्यक्तिलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् ।

प्रदेश सरकारले यस वर्ष मात्रै एक हजार चार सय ५० जनालाई सीपमूलक तालिम दिने तयारी गरेको मन्त्री लामाले बताए ।

चितवनको भरतपुरमा सिनर्जी मिट मार्टको उद्घाटन गर्दै मन्त्री लामाले प्रदेश ३ मा प्रशस्त सम्भावनाहरु भएको ठाउँ भएकाले काम गर्न चाहानेहरुका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

युवाहरु बेरोजगार नहोस् र विदेश पलायन नहुन् भन्ने उद्देश्यले युवाहरुले रोजेकै विषयमा उनीहरु त्यस विषयमा दक्ष हुने गरि स्थानीय सरोकारवालासँगको सहकार्यमा तालिम प्रदान गरिने लामाले बताए ।

भरतपुर १० मा सुधनराज जोशीले करिब एक करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको मिट मार्टमा आठ जना व्यक्तिले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

आफ्नै भवनबाट सञ्चालनमा आएको सिनर्जी मिट मार्टले हाँस, स्थानीय तथा ब्रोइलर जातका कुखुरा, खसीको मासु तथा कुखुराको अण्डाको साथै ससेज, सि फुडलगायतका खाद्य सामग्री बिक्री वितरण गर्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan