Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा च्याङ्ग्राको माग बढ्दो, दशैका लागि मुस्ताङबाट ५०० च्याङ्ग्रा भित्रिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २८ असोज । दसैँका लागि मुस्ताङबाट चितवनका लागि करिब ५०० च्याङ्ग्रा भित्रिएका छन् । गत वर्ष ३०० को हाराहारीमा च्याङ्ग्रा भित्रिएकोमा यस वर्ष च्याङ्ग्राको माग बढेको खसीबोका, मासु व्यवसायी संघका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले बताए ।

पछिल्लो समयमा स्वास्थ्यको लागि मानिसहरुले बोसोरहित मासु खोज्ने भएकोले पनि च्याङ्ग्राको माग बढेको व्यवसायी बताउँछन् ।

च्याङ्ग्रा खरिद गर्न चाहेमा चितवनका विभिन्न मासु पसलमा उपलब्ध हुने खसी बोका, मासु व्यवसायी संघले जनाएको छ ।

चीनबाट मुस्ताङको बाटो हुँदै चितवन च्याङ्ग्रा भित्रिएको हो । व्यवसायीहरुले आफूखुसी व्यक्तिगतरुपमा चितवन च्याङ्ग्रा भित्र्याएकोले पनि भित्रिने च्याङ्ग्राको एकिन तथ्यांक छैन र भारतबाट करिब १५ हजार खसीबोका भित्रिएको संघका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan