Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारपछि तपाईका नातेदार पनि मन्त्री भने पछि माधव नेपाल दंग !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका छन् । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको छ ।


ओलीले पख्नुहोस् दशै,तिहारपछि तपाईका नातेदार पनि मन्त्री हुन्छन् भने पछि माधव नेपाल दंग परेको नेकपा भित्र चर्चा छ ।

अहिले भएका दुई जना मन्त्रीलाई हटाएर नेपाल पक्षका दुई जनालाई मन्त्री बनाउने ओलीको चाहना छ ।

यसअघिपनि मन्त्रीमण्डल पूर्नगठन गर्नेबारे नेकपाभित्र छलफल चलेकै थियो । तर, विविध कारणले हुन सकेको थिएन । अब भने तिहारलगत्तै ओलीले अहिलेका मन्त्रीहरुमध्येबाट दुई जनालाई विदा गर्ने मनशाय बनाएका छन् ।

केही मन्त्रीहरुको क्रियाकलापबाट ओली असन्तुष्ट छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायतसँग प्रधानमन्त्री ओली असन्तुष्ट छन ।

माधव पक्षबाट मन्त्री बन्नेमा स्थायी समिति सदस्य योगेश भट्टराई, सोम प्रसाद पाण्डे र घनश्याम भुषाल लगायतका नेताहरुको चर्चा चलेको छ ।

सोम प्रसाद भने नेपालका नातेदार हुन् । ओलीले विदा गर्ने मन्त्रीहरुको नाम भने अहिले नै तय भएको छैन । 

पछिल्लो समय नेकपाका अर्का नेता झलनाथ खनाल भने ओली र नेपालसँग असन्तुष्ट हुदै आएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan