Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार | नारायण अधिकारी (रासस)
newsabhiyan

चितवन, २८ असोज । भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो ।

दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ । सङ्घले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य सङ्घसँग यो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत रु पाँच करोड सङ्कलन गरेको थियो ।

चालु आर्थिक वर्षमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कर उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम सङ्घले गर्ने बताउनुभयो । करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने सङ्घले जनाएको छ ।

महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय रहेका छन् । तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य सङ्घलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो ।

तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन । जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी रु ५५ करोड उठाउने लक्ष्य लिएको छ । गतवर्ष रु ३० करोड रुपैयाँ सङ्कलन गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan